News

नेपाल बिकास समाजद्धारा अन्तराष्ट्रिय मधुमेह महासंघ सम्मेलनमा सहभागीता

अन्तराष्ट्रिय मधुमेह दिवशलाई लक्षित गरि आयोजित अन्तराष्ट्रिय मधुमेह महासघं सम्मेलनमा नेपाल बिकास समाजले सहभागिता जनाएको छ । नेपाल बिकास समाजको तर्फबाट मधुमेह रोकथाम र ब्यवस्थापन परियोजनाका परियोजना ब्यवस्थापक श्री बिशाल ज्ञवालीले सहभागिता जनाउनु भएको थियो । ४ डिसेम्बर देखि ८ डिसेम्बर २०१७ सम्म United Arab Emirates (UAE) को अबुधाबी शहरमा सञ्चालित उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धान कर्ता बैज्ञानिक, जन­स्वास्थ्य कर्मी, सरकारी प्रतिनिधि नीति निर्माणका निर्माताहरुको उपस्थिति रहेको थियो ।
“Shape the future of Diabetes” नारा तय गरि गरिएको कार्यक्रममा मधुमेह संग सम्वन्धित १००० पोष्टर सहित २०० जना भन्दा बढी ब्यक्तिले आ­आफ्नो प्रस्तुती दिएका थिए । ५ दिन सम्म संञ्चालन भएको उक्त कार्यक्रममा यस संस्थाको तर्फ बाट नेपालमा समुदायमा आधारित मधुमेह ब्यवस्थापन साथै मधुमेहको हालको अवस्था, चेतना, उपचार र ब्यवस्थापन सम्वन्धी तयार गरिएका २ छुट्टा­छुट्टै अनुसन्धानको प्रतिवेदनलाई पोष्टर बाट प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रमको शिलशिलामा नेपाल बिकास समाजका सहभागी प्रतिनिधि बाट बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय सरोकारवाला संग छुट्टा­छुट्टै भेट गरि संस्थाले गरिरहेको परियोजनाहरुको काम र भावी योजना बारे जानकारी गराउनु भएको थियो भने सरोकारवालाहरु बाट संस्थाको काम प्रति प्रशंसा प्रकट गरेका थिए ।

Photos: Opening session of the IDF congress
Photos: Opening session of the IDF congress

 

Photos: Presenting posters at the congress

Photos: Presenting posters at the congress
Photos: Presenting posters at the congress

Leave a Reply

Your email address will not be published. Required fields are marked *