चितवन महाेत्सवमा नेपाल विकास समाजकाे “फाेहाेरबाट माेहाेर” शिर्षकमा हस्तशिल्प प्रदर्शनी

१३ औं चितवन महोत्सव काेभिडकाे बढ्दाे संक्रमणकाे कारण सन्चालनकाे चाैँथाे दिनमा नै समापन भएको छ । यद्यपि उक्त ब्यापार पर्यटन मेलामा नेपाल बिकास समाजले प्रदर्शनीमा राखेकाे फोहोरजन्य खेर जाने प्लास्टिकबाट बनेका सामग्रीहरू करिब ५००० जना आगन्तुकले अवलोकन गर्नु भएको छ ।

 

हाम्रो फोहोर हाम्रो दायित्व हो, फोहोरहरुको व्यवस्थापन स्रोतमा नै गर्ने बानी बसालाै भन्ने सन्देश सहित प्लास्टीकजन्य फाेहाेरकाे ब्यवस्थापनकाे लागि धेरै हस्तकलाका सामाग्री बनाउन सकिने कुराकाे ब्यवहारीक जानकारी प्रदर्शनिमा दिईकाे थियाे । नेपाल विकास समाजकाे आयाेजनामा, वे ग्रुप नेपाल र भरतपुर महानगरपालिकाकाे कार्यालयसँगकाे सहकार्यमा हस्तकला सामाग्री प्रदर्शनी सफलतापुर्वक सम्पन्न भएकाे छ ।

Related Posts

Leave a Reply